एजेन्सी : मेक्सिकोको एक विशाल बजारमा भएको गोलीकाण्डमा ८ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
सिविए न्यूजका अनुसार उत्तर-मध्य मेक्सिकोमा बन्दुकधारीहरूले सडकको किनारमा पुगेर ग्राहक र दर्शकहरूमाथि गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ र दुई जना घाइते भएको प्रहरी अधिकारीहरुले बताएका छन्।
गुआनाजुआटो राज्यका अभियोजकहरूले गत शनिबार अबेर राति अपासेओ एल ग्रान्डे शहरमा खाना र खाजा तयारी अवस्थामा राखिएको व्यस्त व्यावसायिक क्षेत्रमा गोली हानाहान भएको बताए।