निर्माणाधीन घरको चार तलाबाट खसेर कामदारको मृत्यु

२०८१ कार्तिक ८, बिहीबार

काठमाडौं : काठमाडौँको मीनभवनमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका– ३ का ४२ वर्षीय दिलबहादुर भुजेल रहेका प्रहरी परिसर काठमाडौँले जनाएको छ ।काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा स्थानीय भिटु श्रेष्ठको निर्माणाधीन घरको चौथो तलाबाट आज बिहान साढे सात बजे खस्दा उनको मृत्यु भएको एसपी नवराज अधिकारीले जानकारी दिए । घर निर्माणको काम गरिरहेका बेला चिप्लिएर खस्दा भुजेलको मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भुजेलको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी अधिकारीले जानकारी दिए । मृतक भुजेलको शव हाल सिभिल अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार