१७ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?

२०८१ कार्तिक ९, शुक्रबार

काठमाडौं : गृह मन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । जसअनुसार ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरको सीडीओमा रमेश ढकाललाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीको सीडीओमा वासुदेव घिमिरेलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार