झिमरुकमा जिप दुर्घटना हुँदा १४ जना घाइते

२०८१ कार्तिक ९, शुक्रबार

प्युठान : बुटवलबाट अर्खा जाने जिप झिमरुक-६ अर्गेलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेकाे  जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।

बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको लु २ ख ६३२२ जिप झिमरूक-६ अर्गेलीमा दुर्घटना भएको हो ।

गौमुखी पाँच निवासी आठ वर्षीय सरोज केसी, गौमुखीकी ३२ वर्षीया सुनीता केसी, गौमुखीकी ४२ वर्षीया खिमा मल्ल, गौमुखीका ३७ वर्षीय सन्तलाल गरुङ , गौमुखीका ५५ वर्षीय रेमलाल थापा, गौमुखीका ५० वर्षीय मोती पुन, झिमरुक ८ की ३२ वर्षीया सावित्रा बस्नेत, झिमरुक पाँचका ६० वर्षीय कुम्भ जिसी, धनकुमारी जिसी, मदानेका ३८ वर्षीय सालिकराम कुँवर छन् ।

वर्ष ५७ का धनकुमारीकाे अवस्था भने गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । थप विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार