म ७० पुगेँ तर फेरि अर्को क्रान्तिको नेतृत्व गर्ने आँट छ : अध्यक्ष प्रचण्ड

२०८१ कार्तिक १०, शनिबार

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अर्को क्रान्ति गर्ने आँट आफूमा रहेको बताएका छन् । शनिवार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले अहिलेसम्म प्राप्त उपलब्धि जोगाउनु अर्को चुनौती पनि रहेको उल्लेख गरे ।

एउटा नयाँ अभियान मार्फत उपलब्धि रक्षा गर्दै अझै उन्नत व्यवस्था ल्याउन चाहेको बताए । अहिलेको निर्वाचन प्रणाली नफेरेसम्म भ्रष्टाचार रोक्न नसक्ने बताउँदै निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार