भाटभटेनीमा प्रचण्डको सेयर नरहेको प्रधानमन्त्री ओलीलेनै स्पष्ट पारे : प्रचण्ड

२०८१ कार्तिक १०, शनिबार

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाटभटेनीमा प्रचण्डको सेयर नरहेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्ट पारिसकेको बताएका छन् ।

शनिवार माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भाटभटेनीमा प्रचण्डको सेयर हो भनी धेरैले भ्रम फैलाएका थिए, तर अहिले आएर प्रधानमन्त्री अ‍ोलीले स्पष्ट गरिसकेको बताए । आफ्नो नेतृत्वको सरकारले भाटभटेनीका मालिकलाई कारबाही गरेको थियो तर अहिले प्रधानमन्त्री ओलीले त्यसलाई संरक्षण गरेका कारण अ‍ोली पनि भ्रष्टाचारी रहेको दाबी गरे । उनले भने, ‘यो सरकारले यस्ता धेरै काम गरेका छन् हाम्रो लागि राम्रो भइरहेको छ ।’

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग एमालेले पार्टी कार्यालय निर्माणका लागि जग्गा उपहार लिएको छ । सो जग्गा लिएपछि अहिले प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार