विगतमा रवि लामिछानेलाई बचाउनेनै केपी ओली हुन् : प्रचण्ड

२०८१ कार्तिक १०, शनिबार

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् ।

शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गरे । सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताए ।

उनले भने– ‘तपाईंहरुलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखापर्‍यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यतिबेलाको सीआइबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौँ, माओवादी पर्‍यो भनेपनि समात्नुस भनेको हो । अरू हैन प्रचण्ड देखा पर्‍यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्‍यो भने बचाउन सभा गर्नुपर्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार