जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी

२०८१ कार्तिक ११, आईतवार

रुपन्देही : पूर्वी नवलपरासीमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँच जना बिरामी परेका छन्।

शनिवारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। शनिवार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन्।

खाना खाएर सुतेका उनीहरूमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार