पछिल्लो तीन महिनामा सवारी दुर्घटनाबाट बागमती प्रदेशमा ६० जनाको मृत्यु

२०८१ कार्तिक ११, आईतवार

काठमाडौँ : ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१र८२ को पहिलो तीन महिनामा सवारी नियम उलंघन गर्नेबाट २ करोड ७९ लाख ४१ हजार रुपैयाँ असुलेको छ। ३५ हजार ८५ सवारीसाधनका चालकबाट सो परिमाणको राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सवारी सुरक्षामा निगरानी बढाउन थालेको छ। सोही अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ भने एक हजार तीन जना घाइते भएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार