दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

२०८१ कार्तिक ११, आईतवार

दाङ : देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५लठ्ठहवाका ४० वर्षीय गरिवु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

शनिबार राति ट्याक्टरबाट पराल झार्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार