अवैध पेस्तोलसहित काठमाडौंबाट सेनाका सिपाही पक्राउ

२०८१ कार्तिक ११, आईतवार

काठमाडौं : नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित पक्राउ परेका छन् ।

शनिबार काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो । खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार