काठमाडौँ : कानूनविद्हरुले स्वर्गीय सुवासचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन्।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गरिन्। सोमवार सर्वोच्च अदालत बार एसोसिएसनले प्रकाशित गरेको स्मृतिमा सुवास नेम्वाङ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै उनले सङ्क्रमणकालीन न्यायलाई आजको अवस्थामा पु¥याउने पनि उहाँले निर्वाह गर्नुभएको भूमिको खुलेर प्रशंसा गरिन।





