रवि लामिछानेसँग करिब साढे ८ घण्टा बयान लिइयो

२०८१ कार्तिक १२, सोमबार

पोखरा : सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ ।

सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो । बिहान साढे ११ बजेतिर सरकारी वकिलको कार्यालयमा प्रवेश गराइएका रविलाई पौने ८ बजे राती मात्रै निकालिएको छ ।

उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा लगिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार