रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखराबाट काठमाडौँ केन्द्रीत बनेको रास्वापाको आन्दोलन आज बालुवाटारमा गर्ने तयारी भएको हो। रास्वापले आज मध्याह्न १२ बजे बालुवाटारमा भेला भई राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्धको वृहत्त प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ।

सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार