लेबनानको पूर्वी क्षेत्रमा इजरायली सेनाको आक्रमणः ६० जनाको मृत्यु, ५८ घाइते

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौँ : लेबनानमा इजरायली सेनाले आक्रमण गर्दा ६० जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार देशको पूर्वी बेका क्षेत्रमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५८ जना घाइते भएका छन्।

बीबीसीका अनुसार हिजबुल्लाहको बलियो क्षेत्र मानिने यस क्षेत्रमा गरिएको आक्रमणबारे भने इजरायलले कुनै प्रतिक्रया दिएको छैन। पछिल्लो पाँच हप्तामा इजरायलले लेबनानको विभिन्न स्थानमा गरेको आक्रमणमा २ हजार ६ सयभन्दा बढी मारिएको लेबनानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार