श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

२०८१ कार्तिक १३, मंगलवार

सिरहा : सिरहाको लहान नगरपालिका– ४ मण्डल टोलमा श्रीमानको हत्यामा आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।

लहानस्थित मालपोत कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत करिब ४६ वर्षीय बद्रीनारायण ठाकुरको हत्यामा संलग्न आरोपमा उनकै श्रीमती करिब ३१ वर्षीया मालती ठाकुरलाई आइतबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

पक्राउ गरिएकी मालतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको प्रहरीले जनाएको छ । ठाकुरको शव शनिबार राति आफ्नै घरको भर्‍याङमुनि भेटिएको स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा तत्काल घटनास्थलमा प्रहरी परिचालन गरी आइतबार घटनास्थलको मुचुल्कालगायतका प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको खोजीका लागि आइतबार बिहान जनकपुरधामस्थित मधेश प्रहरी कार्यालयबाट ल्याइएको तालिम प्राप्त कुकुरको सहयोगमा मृतककी श्रीमतीलाई पक्राउ गरिएको हो । एक छोरा र एक छोरी रहेका ठाकुरको हत्याको कारण श्रीमतीको अन्य व्यक्तिसँगको सम्बन्ध हुन सक्ने प्रहरी आशंका छ । मृतकको आइतबार लहान प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार