प्रधानमन्त्री ओली मंसिर १७ मा चीन जाने

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर)  गते सोमबार चीनको राजधानी बेइजिङ जाने उच्च स्रोतले बताएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, मंसिर १७ देखि २० सम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको छ। पछिल्लो पटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री  ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो। सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने र सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार