सहकारीमा एक लाखसम्म बचत गर्नेको रकम फिर्ता गर्ने तयारी

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौं : सहकारीमा एक लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छलफल थालेको छ ।

दैनिक ज्याला तथा व्यापार गरेर सहकारीमा रकम जम्मा गर्ने बचतकर्ताहरूलाई लक्षित गरेर मन्त्रालयले बचत फिर्ताको योजना बनाउन थालेको हो । स्रोतका अनुसार, छलफलका क्रममा अर्थ मन्त्रालयले भने सरकारसँग पर्याप्त पैसा नभएको बताइरहेको छ । तर, सरकारले चाहेमा साना बचतकर्तालाई संरक्षण गर्ने नीति लिन सक्ने सहकारी मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

ती अधिकारीका अनुसार, सहकारीको समस्या हल गर्न तत्काल के गर्न सकिन्छ भनेर मन्त्रीसहितको छलफल भइरहेको छ। “सहकारीका साना बचतकर्तालाई राहत दिने गरी मन्त्रालयले योजना बनाइरहेको छ । त्यसका लागि अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी छ,” ती अधिकारीले भने, “राज्यले चाहेमा सानो मात्रामा बचत गर्नेहरूको रकम फिर्ता गर्न गक्ने कुरा हो । नागरिकको सुरक्षा गर्नु सरकारको प्रमुख कर्तव्य पनि हो ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार