रविसहितको समूहले सहकारीको पैसा लगेर चाँडै धनी हुने सपना देखे : शंकर पोखरेल

२०८१ कार्तिक १३, मंगलवार

चितवन : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले रवि लामिछानेमाथि अन्याय नगरेको बताएका छन् ।

सबै दल मिलेर बनेको संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन मात्र सरकारले गरेको बताउँदै उनले एमालेले कुनै प्रतिसोधको राजनीति नगरेको दाबी गरेका हुन् ।

एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले व्यक्ति केन्द्रित भएर छानबिन समिति नबनाऊँ भन्ने पार्टी एमाले नै भएको स्मरण गर्दै उनले त्यतिखेर रास्वपाले नै छानबिन समिति बनाउँदा हुन्छ भनेको स्मरण गराए । उक्त छानबिनसमितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रवि लामिछाने पक्राउ परेको उनले कार्यकर्तामाझ स्पष्ट पारे ।

उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका छन् । उनले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको जिकिर गरे।

उनले रवि लामिछानेसहितको समूहले संगठित रूपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखेको बताएका छन् । सहकारीको मान्यता विपरीत सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार