काठमाडौँ : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज राति आयोजित एक समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
र्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानलगायतको उपस्थिति थियो ।





