वासिङ्टन : अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले चुनावी भाषणका क्रममा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबारे गम्भीर टिप्पणी गरेकी छन् । भ्लादिमिर पुटिन र किम जोङ उन जस्ता तानाशाहहरु ट्रम्पले जितेको हेर्न चाहेको ह्यारिसले आरोप लगाएकी हुन् ।
कमला ह्यारिसले भनिन्, ‘अमेरिका विश्वमा स्वतन्त्रताको च्याम्पियन रहिरहोस् भनेर म सुनिश्चित गर्नेछु। हामीले माया गर्ने देशको लागि लडौँ । हामी सबैसँग यी ७ दिनमा पाना पल्टाउन र अहिलेसम्म भनिएका कथाहरूको अर्को र उत्कृष्ट अध्याय लेख्नको लागि पर्याप्त शक्ति छ।’ आफ्नो सम्बोधनका क्रममा उनले मतदाताहरूलाई सन् २०२१, जनवरी ६ को हिंसाको बारेमा पनि स्मरण गराइन् ।