काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी, माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको बताएका हुन् । अध्यक्ष प्रचण्डले अब आफै बदलिने र कम्युनिस्ट बिचार धारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताए । उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए । उनले मिल्न मन हुने जति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध हुनुपर्ने बताए ।
उनले सही विचारको आधारमा समाजवादी क्रान्तितिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए । अध्यक्ष प्रचण्डले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गरे ।





