काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्न सक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले कम्युनिष्ट पार्टीहरूले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको बताए । उनले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेको धारणा राखे । उनले नेपाल समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि बताए ।
अध्यक्ष नेपालले अब समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक भइसकेको धारणा राखे । उनले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको बताए । उनले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताए । उनले भ्रष्टीकरणका विरुद्धमा नलडेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताए । अध्यक्ष नेपालले समाजवादी क्रान्तिको विषय अब बहस र छलफलको विषय बन्नु पर्ने बताएका छन् ।





