पञ्चमहालक्ष्मी मन्दिरमा विशेष पूजा आरधना सम्पन्न

२०८१ कार्तिक १५, बिहीबार

काठमाडौं : श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको विशेष पूजा आरधना सम्पन्न भएको छ।

बिहीबार लक्ष्मीपूजाका अवसरमा विशेषरूपमा भक्तपुरस्थित उक्त मन्दिरमा पञ्चमहालक्ष्मीको पूजा आरधना गरिएको हो। पाँच लक्ष्मीको विधिवतरूपमा पूजा आरधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो।

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा आयोजित सो पूजामा काठमाडौं, भक्तपुर, ललितपुर लगायतका ठाउँहरूको भक्तजनको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार