छवि सर, ममाथि सरकारले प्रतिशोध साँध्न खोज्दा तपाईंलाई पनि फसाए : रवि लामिछाने

२०८१ कार्तिक १५, बिहीबार

कास्की : सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बञ्जाडे यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि र सञ्चालक छविबीच अहिले दैनिक देखादेख हुन्छ । तर, राम्रो बोलचाल हुन पाउँदैन । म्याद थप गर्न अदालत लगेका बेला भने उनीहरूबीच कुराकानी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतका अनुसार रविले छविलाई भेटेपछि भनेका थिए, ‘छवि सर, ममाथि सरकारले प्रतिशोध साँध्न खोज्दा तपाईंलाई पनि फसाए, चिन्ता नगर्नुहोस्, हामी छुट्छौं ।’

म्याद थप गर्न अदालत लगेका बेला भने उनीहरूबीच कुराकानी भएको थियो । जवाफमा छविले ‘तपाईं गृहमन्त्री हुँदै गितेन्द्रबाबु (जीबी) लाई ल्याउन सकिएको भए आज हामी भित्र हुने थिएनौं,’ भनेका थिए । रविले प्रयास गर्दा पनि नसकेको भनेका थिए । पछिल्लोपटक कात्तिक ८ गते म्याद थप गर्न कास्की अदालत पुर्‍याइएका रवि र छविबीच कुराकानी भएको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत डेढ किलोमिटरको दुरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार