राममन्दिर क्षेत्रको एक पसलमा आगलागी

२०८१ कार्तिक १६, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको एक पसलमा गएराति आगलागी भएको छ ।

सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी भएको हो । आगलागीबाट चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । रामहिटीको दमकल प्रयोग गरी राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

दीपावली गर्न बालिएको बत्तीबाट आगलागी भएको प्रारम्भिक अनुमान छ । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले मानिसहरुले घर, पसल र कार्यालयहरू झिलिमिली पारेका थिए । यसैक्रममा असावधानीबस आगलागी पनि हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार