शिक्षाविद चैतन्य शर्माको निधन

२०८१ कार्तिक १६, शुक्रबार

काठमाडौँ : शिक्षाविद चैतन्य शर्माको निधन भएको छ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहेका  शर्माको ७३ वर्षको उमेरमा निधन भएको हो।

ओम अस्पतालमा उपचारका क्रममा शर्माको मृत्यु भएको परिवारले जनाएको छ। विदेशमा रहेका छोराको पर्खाइका कारण उनको अन्त्येष्टि भोलि मात्रै गरिने परिवारले जनाएको छ ।

शर्माले मदनभण्डारी मेमोरियल कलेजको क्याम्पस प्रमुखका साथै उच्च माध्यमिक विद्यालय शिक्षा परिषदको उपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिवको जिम्मेवारी पूरा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार