मोटरसाइकल बससँग ठक्कर खाई दुर्घटना, एकको मृत्यु

२०८१ कार्तिक १६, शुक्रबार

बाँके : नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम शाहुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मोटरसाइकलले बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल बसमा ठक्कर खाँदा बस अनियन्त्रित भई ने.१ ह १९८१ नम्बरको ई-रिक्सासँग ठोक्किएर दुर्घटना भएको थियो ।

साथै दुर्घटनामा घाइते भएका ई-रिक्सा चालक र ई-रिक्सामा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार