माछाको मूल्य बढ्यो

२०८१ कार्तिक १६, शुक्रबार

काठमाडौँ : तिहारमा माछाको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार २ देखि ७ प्रतिशतसम्म माछाको मूल्य वृद्धि भएको हो ।

कार्तिक १ गते ताजा रहु माछाको मूल्य प्रतिकिलो ३४२ रुपैयाँ थियो, भने कार्तिक १४ गते ९ रुपैयाँले मूल्य बढेर ३६१ रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै, २४५ रुपैयाँ प्रतिकिलो पर्ने ताजा बचुवा माछाको मूल्य वृद्धि भई २६३ रुपैयाँ प्रतिकिलो पुगेको छ । १४ दिन अगाडी प्रतिकिलो छडी माछाको प्रतिकिलो २५० रुपैयाँ प्रतिकिलो पर्थ्यो भने सोको मूल्य वृद्धि भई २६० रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा उल्लेख छ ।

यो मूल्य ताजा माछाको रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार