भीरबाट लडेर एक युवकको मृत्यु

२०८१ कार्तिक १७, शनिबार

ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकका ३० वर्षीय विवेक भण्डारीको भीरबाट लडेर मृत्यु भएको हो । सोही गाउँपालिका वडा ५ पेदाङको याङ्पाङ भीरबाट लडेर भण्डारीको मृत्यु भएको हो । तेल्लाकका स्थानीय अर्जुन भट्टराईका भण्डारी काम विशेषले बुधबार पेदाङतर्फ जानुभएको र उहाँ नफर्किएपछि खोजी गर्ने क्रममा याङ्पाङ भीरमा मृत अवास्थामा भेटिएका हुन् ।

यता घटनाबारे खबर हुनेवित्तिकै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक विवेक बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । प्रहरी टोली फर्किएपछि मात्र घटनाबारे विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार