रानीपोखरीमा भाइटीका लगाउन सुरु

२०८१ कार्तिक १८, आईतवार

काठमाडौँ : काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका सुरु भएको छ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन दिदीबहिनी नहुनेका लागि आज एक दिन सो मन्दिर खुला गरिएको छ । यद्यपि, टीकाको साइत भने ११ बजेर ३७ मिनेटमा भएको भए पनि बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु भएको हो ।

दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यस अवसरमा  रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार