संसारको सबैभन्दा ठूलो गोही मर्‍यो

२०८१ कार्तिक १८, आईतवार

काठमाडौँ : विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोही मरेको छ।

क्यासियस नामको यो गोही नुन पानीको प्राणी थियो र यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो। समातिएपछि यो नुन पानीको गोहीलाई अस्ट्रेलियाको क्विन्सल्यान्डमा राखिएको थियो। क्यासियस यस क्षेत्रमा गाईवस्तु र पर्यटकहरूको गाडीको पाङ्ग्रामा आक्रमणका लागि पनि प्रसिद्ध थियो।

यो संसारको सबैभन्दा ठूलो गोही करिब पाँच मिटर लामो र एक टन तौल थियो। यद्यपि यसको उमेरबारे यकिन जानकारी आएको छैन। २०११ मा क्यासियसको नाम विश्वको सबैभन्दा ठूलो गोहीको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि रेकर्ड गरिएको थियो।

‘क्यासियस हाम्रो प्यारो साथी र हाम्रो परिवारको गर्व गर्न लायक सदस्य थिए’, गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियाले आफ्नो सोसल मिडिया प्लेटफर्ममा पोस्ट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार