अरिङ्गालले चिलेर दिदी-भाइको मृत्यु, ३ जना घाइते

२०८१ कार्तिक १८, आईतवार

बझाङ : बझाङमा अरिंगालले चिलेर दिदी-भाइको मृत्यु भएको छ। मृत्यु हुनेमा थलारा गाउँपालिका –२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन्। उनीहरू दिदी-भाइ हुन्।

बझाङ प्रहरीका अनुसार अरिंगालले चिलेर ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएका छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा भेटिएको अरिंगालले उनीहरूलाई चिलेको थियो।

उपचारको क्रममा बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार