काठमाडाैं : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएको प्रकरण रहस्यमय बन्दै गएको छ ।
मुख्यमन्त्रीलाई समेत जानकारी नदिई यही कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते नेपाल फर्किएका थिए । उनीसँगै नक्कली कर्मचारी बनेर केही युवा जापान भएको विषय बाहिर आएपछि उनले राजीनामा दिएका हुन् । मन्त्रीसँग अन्य व्यक्तिहरू जापान गएको सूचना पाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार बिहान निवासमै बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए ।
यो प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मानव तस्करीसम्बन्धी यो विवादमा तानिएको अधिकारीसमेत यो प्रकरणमा अनुसन्धानको दायरामा पर्नसक्ने बताइएको छ ।





