दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ कार्तिक २२, बिहीबार

दाङ : लमहीमा बिहीबार तीन भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । लमही नगरपालिका–३, वनगाउँ हरियाली टोल निवासी ४० वर्षीय गणेश कुमाललाई घरमा लुकाई राखेका हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाले बताए ।

उनका अनुसार घरमा अवैधरुपमा हतियार र खरखजना लुकाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा तीन थान भरुवा बन्दुक, दुई थान नाल, बारुद, गोली, छर्रा लगायतका सामान बरामद गरेको उनले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार