प्राविधिक समस्या देखिएपछि थाइ एयरवेजको उडान रद्द

२०८१ कार्तिक २२, बिहीबार

काठमाडौं : प्राविधिक समस्या देखिएपछि थाइ एयरवेजको आज दिउँसोको उडान रद्द भएको छ।

बिहीबार दिउँसो १ः२५ को उडान तालिका रहेको उक्त जहाजमा प्राविधिक समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार राति १२ बजे थाइको अर्को जहाज बैंककबाट काठमाडौं आउँदैछ। ‘सोही जहाजमा केही प्राविधिकसहित स्पेयर पार्टस् ल्याएर मर्मत गर्ने कम्पनीको तयारी छ,’ उनले भने, ‘आजका लागि उडान हुन सकेन।’

बिहीबार २९६ यात्रु काठमाडौंबाट बैंकक जाने तयारीमा थिए। आजका लागि थाइको जिएसए सोसाइटी इन्टरनेसनलले सबै यात्रुलाई होटलमा बस्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार