भवनको जग खन्दा भेटिएको बम निस्क्रिय पारियो

२०८१ कार्तिक २४, शनिबार

धनगढी : धनगढीमा होटेलको जग खन्ने क्रममा भेटिएको बम निस्क्रिय पारिएको छ ।

धनगढी उपमहानगरपालिका-३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोजल गरेको जानकारी दिए ।

खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार