गाजामा इजरायली आक्रमण जारी

२०८१ कार्तिक २४, शनिबार

जेरुसेलम : दक्षिणी गाजाको खान युनिसमा भएको इजरायली आक्रमणमा नौ जनाको ज्यान गएको छ । फदाह अल सफाह स्कुलमा रहेको आरक्षण शिविरमा भएको आक्रमणमा यसअघि नै ५ जनाको ज्यान गइसकेको थियो ।

यसैबीच इजरायली सेनाले उसको १६२ औँ डिभिजनले लगातार उत्तरी गाजाको जाबालियमा आक्रमण गर्दै दर्जनौँ आतंकवादीलाई विस्थापित गरेको तथा उनीहरूको युद्धका लागि राखिएको हतियार नष्ट गरिएको दाबी गरेको छ । इजरायली सेनाले नहाल ब्रिगेडले दक्षिणमा रहेको रफाहामा आक्रमण जारी राखेको जनाएको छ।

इजरायली एयर फोर्सले गएको २४ घण्टामा गाजा र लेबनानका कुल ५० वटा आतङ्कवादी केन्द्रमा आक्रमण गरेको जनाएको छ । केही मिनेट अघिको समाचार अनुसार गाजाको बेत लाहिएमा भएको इजरायली आक्रमणमा १ जनाको ज्यान गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार