नवउद्यमी अभियान मधेसबाटै सुरु गरौँ : मुख्यमन्त्री सिंह

२०८१ कार्तिक २४, शनिबार

पर्सा : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशका युवा शक्तिको विदेश पलायन रोक्न स्टार्टअप तथा नवउद्यमी अभियानको सुरुवात मधेशबाटै गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश स्टार्टअप समिति, मधेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार वीरगन्जमा सुरु भएको ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन-२०२४’ को उद्घाट्न सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

‘मधेशका युवाको विदेश पलायन रोक्न स्टार्टअप तथा नवउद्यमी अभियानको सुरुवात मधेश प्रदेशबाटै गर्नु आवश्यक छ,’ उनले भने, ‘मधेशका युवा त्यसमा पनि महिला केन्द्रित गरी यो अभियान नचलाइए अर्थतन्त्र उभो लाग्दैन ।’

उनले मधेशका ग्रामीण भेगका महिलाहरु हाल टिकटक र रिल्स जस्ता सामाजिक सन्जालमा समय खर्च गरी रहेको बताउँदै मधेशका महिलालाई नवउद्यममा प्रेरित गरेर उनीहरुले उत्पादन गर्ने परम्परागत बस्तुहरुको बजारीकरण गर्न सके मधेशका महिलाहरुको पनि उत्थान हुने बताए ।

मुख्यमन्त्री सिंहले युवा शक्तिलाई मिहनत, लगन र दृढ इच्छाशक्तिका साथ कर्मक्षेत्रमा लाग्न प्रेरित गर्दै पर्सा बाराका उद्योगमा स्थानीय युवाहरुलाई प्राथमिकता दिन उद्योगी व्यवसायीलाई आग्रह समेत गरे । मधेशका युवालाई नयाँ-नयाँ विचारका साथ उद्यमशिलताको क्षेत्रमा आउन आह्वान गर्दै उनले बालबालिकालाई सानैदेखि प्राविधिक शिक्षा र नवउद्यम अभियानबारे शिक्षा दिनुपर्ने कुरामा समेत जोड दिए ।

मधेश प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रोजगारी केन्द्र स्थापना गरी युवाहरुलाई रोजगारीमा सहजीकरण गर्ने नीति अनुरुप यसवर्ष केही रकम विनियोजन गरेको उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार