काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओालीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको तयारी गरेका हुन्। स्रोतका अनुसार, एक दुई दिनमै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिनेछन्।
मन्त्रिपरिषद्लाई थप मजबुद बनाउन यस्तो तयारी भएको प्रधानमन्त्री ओली निकट एक नेताले जानकारी दिए।