ईश्वर पोखरेल नेतृत्वको टोली चीन जाँदै

२०८१ कार्तिक २६, सोमबार

काठमाडौं : सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन भ्रमणमा जाँदैछन् । पोखरेलको नेतृत्वमा मंगलबार १५ जनाको टोली चीन भ्रमणमा निस्कने तय भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले गरेको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली चीन जान लागेका हुन् । ‘सेकेण्ड ग्लोबल साउथ थिंक ट्यांक फोरममा सहभागी हुन चीन जान लाग्नु भएको हो’, पोखरेलको सचिवालयले भन्यो ।

यो फोरममा वरिष्ठ उपाध्यक्ष पोखरेल एउटा सत्रको प्रमुख बक्ता रहने कार्यसूची तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार