कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

२०८१ कार्तिक २६, सोमबार

काठमाडौं : कतार एयरवेजले मंगलबार (भोलि) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।

कतारले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यो वायुसेवाले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।

कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार