कैलाली : कैलालीमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका– ११ का ३० वर्षीय सुरेश भुल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जङ्ग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ ।





