फोर्स र जिप ठोक्किँदा चार जना घाइते

२०८१ कार्तिक २७, मंगलवार

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-१२ रातापोखरास्थित छिन्जु जाजरकोट सडक खण्डमा फोर्स गाडी र जिप ठोक्किँदा ४ जना घाइते भएका छन्।

नेपालगन्जबाट जाजरकोट आउँदै गरेको लु २ ख ५८३६ नम्बरको फोर्स गाडी र विपरीत दिशा जाँदै गरेको लु १ च ५२९९ नम्बरको जिप भेरी नगरपालिका १२ रातापोखरा ठोक्किँदा लु २ ख ५८३६ नम्बरको फोर्स गाडीमा सवार १२ जना मध्य ४ जना घाइते भएका छन्। घाइते ४ जनालाई उपचारको लागि  जिल्ला अस्पताल जाजरकोट ल्याएको छ।

लु १ च २५९९ नम्बरको जिपमा सवार ८ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए। गाडी चालक रुकुम पश्चिम आठबीसकोट नगरपालिका-४ का विनोदकुमार परियार र जिप चालक नलगाड नगरपालिका-१३ का अशोक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गाडीको अगाडिको भागमा क्षति भएको छ। गाडी एक आपसमा ठोक्किँएपछि रुकुम पश्चिम चौरजहारी नगरपालिका-३ की २७ वर्षीय सपनाकुमारी महर, नलगाड नगरपालिका-७ की ६३ वर्षीय गङ्गा विक, कुशे गाउँपालिका-६ की २१ वर्षीया माया तिरुवा, दाङ जिल्ला शान्तिनगर गाउँपालिका-७ की ३७ वर्षीया विमला थापालाई शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पाण्डेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार