आइएमई लाइफ इन्स्योरेन्सको नाफा १४ करोड ५० लाख

२०८१ कार्तिक २९, बिहीबार

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज महिनासम्मा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ११.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो समिक्षा अवधिमा कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा ११.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको कुल आम्दानी १ अर्ब ३६ करोड रहेकोमा चालू आवमा बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ। समिक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो आवको तुलनामा १०.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ रहेको छ। यो गत आवको तुलनामा ४२.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड ८५ लाख रुपैयाँ रहेको थियो। कम्पनीले पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ र सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.४४ रुपैयाँले घटेर ११.६० रुपैयाँ कायम भएको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.६६ रुपैयाँ, पीई रेसियो ४४.५२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार