रविलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयाे

२०८१ कार्तिक २९, बिहीबार

बुटवल : पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइको छ ।

जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि  वकिलको कार्यालयमा ल्याएको हो । बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट मंगलबार रुपन्देही ल्याएको थियाे ।

यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । आज बयान सक्ने योजना रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार