रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, पोखरा लैजाने तयारी

२०८१ कार्तिक २९, बिहीबार

काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही पुर्‍याइएका रवि लामिछानेको बयान सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले लामिछानेको बयान सकिएको बताइन् । ‘बयान सकिएको छ । अब रुजु गरेर हस्ताक्षर गरेपछि हाम्रोतर्फको काम सकिन्छ’ केसीले भनिन् । बयान आज सकिए पनि पोखरा फिर्ता गर्ने वा नगर्ने भन्नेबारे आफू भने जानकार नभएको उनले बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरेले बयान सकिए पछि जतिसक्दो चाँडो लामिछानेलाई पोखरा फिर्ता तयारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार