पाँचखालमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु

२०८१ कार्तिक २९, बिहीबार

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचखाल-१३ का वडा अध्यक्ष सुकबीर तामाङका अनुसार बालुवा बोक्ने काम सकेर चालक ट्रक लिएर घरतर्फ फर्किँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार