भैरहवा : सहकारी बचत अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तीन दिनमा सकिएको छ । मङ्गलबार रुपन्देही ल्याइएका लामिछानेलाई तीनसम्म लगातार बयान लिइएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा लामिछानेलाई पहिलो दिन मौखिक प्रश्न सोधिएको थियो भने दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफ मागिएको थियो । त्यसक्रममा लामिछानेले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुको दावी छ ।
अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको दाबी गरेका छन् । हरेक प्रश्नको सहजै जवाफ दिएको र सबै प्रश्नको जवाफमा आफ्नो संलग्नता अस्वीकार गरेको तथा सहकारी रकमका विषयमा जीवी राई र सागर केसीलाई सोध्नुस् भन्दै पन्छिएको ती अधिकृतले बताए ।





