तेल भिसाका निर्माता शंकर र ऋचाबिरुद्ध प्रहरीमा उजुरी

२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौँ : फिल्म ‘तेल भिसा’ का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी परेको छ।

अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध उजरी परेको हो। उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँका उजुरी परेको हो। चितवन बस्ने आनन्द घिमिरेले यो चलचित्रका निर्माता तथा निर्देशक शंकर घिमिरे र निर्माता एवम् अभिनेत्री ऋचा घिमिरे बिरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा यतिखेर काठमाडौँमा छन्। दम्पतीसमेत रहेका उनीहरु फिल्मको रिलिजको लागि काठमाडौँ आएका हुन्। उनीहरूको यस कमब्याक फिल्ममा विपिन कार्की र वर्षा राउत मुख्य भूमिकामा छन्। यो फिल्म आगामी मंसीर ७ गतेबाट रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार